|
फाइल तस्बिर

दाङ : ट्याङ्कर चालकहरुको आन्दोलनका कारण दाङमा करिब एक सातादेखि पेट्रोलियम पदार्थको चरम अभाव छ।

तापक्रमको कारण पेट्रोलियम पदार्थमा घट्ने हुँदा आफुहरुले घाटा ब्यहोर्न परेको भन्दै चालकहरु गत असार २६ देखि आन्दोलन उत्रिएका हुन्। आन्दोलनका कारण दाङ र पहाडी जिल्लाहरुमा पेट्रोलियम पदार्थको अभाव भएको  नेपाल आयल निगम डिपो तुलसीपुरका प्रमुख सुदीप पोख्रेलले बताए। तर, दाङको देउखुरी क्षेत्रमा नेपालगञ्ज डिपोबाट तेल आउने भएकाले त्यहाँ अभाव नभएको उनको भनाइ छ। 

तुलसीपुर डिपोमा भारतको गोण्डाबाट ढुवानी गरी तेल ल्याउँदा तापक्रमका कारण पेट्रोलियम पदार्थ घट्ने र घटेको पेट्रोल ढुवानीकर्ता अर्थात् चालकले पूर्ति गर्नुपर्ने भएको भन्दै उनीहरु आन्दोलित भएका हुन्। प्रमुख पोख्रेलले भने, ‘४१ डिग्री सेल्सियस तापक्रम भएको ठाउँबाट २५÷२६ डिग्री सेल्सियस तापक्रम भएको स्थानमा ल्याउँदा पेट्रोलियम पदार्थको मात्रा घट्छ।’

यदि एक डिग्री सेल्सियस तापक्रम घटेमा  १५ लिटर डिजल र २१ लिटरसम्म पेट्रोलको मात्रा घट्ने प्रमुख पोख्रेलको भनाइ छ। उक्त घाटा ढुवानी व्यवसायी व्यहोर्दै आएका उनले बताए। 

चालकको आन्दोलनका ढुवानी ठप्प भएपछि आयल नियमको सानो ट्याङकरबाट दैनिक नौ हजार लिटर डिजेल, नौ हजार लिटर पेट्रोल र मट्टीतेल ढुवानी गरिरहेको उनले बताए।  तुलसीपुर डिपोबाट दाङमा २९ वटा, सल्यानको थारमारे, रोल्पाको होलेरी, रुकुममा १/१ वटा र मट्टितेलका ३ गरी ३५ वटा पेट्रोलपम्पमा १ लाख २० हजार लिटर डिजल र ३२ हजार लिटर पेट्रोल दैनिक रुपमा खपत हुने गरेको छ।

उपभोक्ताहरुले भने पेट्रोलियम पदार्थको नपाउँदा सास्ती भोग्नु परेको छ। तुलसीपुरमा अटो चलाउँदै आएका टीकाप्रसाद खत्रीले तेल नपाउँदा दैनिक २÷३ हजार घाटा भएको गुनासो गरे। ‘एक साता भयो तेल पाएको छैन,’ उनले भने, ‘हिजो मंगलबार बेलुका तीन हजार लिटर पेट्रोल  आएको थाहा पाएपछि  घन्टौसम्म लाइन बस्दा पनि तेल पाइनँ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.