|

दाङ :  दाङको तुलसीपुर स्थित मानसरोवर होटेलमा कोहलपुरका एक युवक मृत अवस्थामा फेला परेका छन्। 

बाँकेको कोहलपुर निवासी अन्दाजी २७ वर्षीय रमेश हमाल होटेलको कोठामा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। हमाल एक युवतीसँगै राति १० बजेतिर होटेलमा बास बस्न भनि आएको होटेल सञ्चालकले जानकारी दिएका छन्।

हमालसँगै होटेलमा रुकुमकी एक युवतीपनि पुगेको प्रहरीले जानकारी दिएको छ। युवतीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ। उनले यो भन्दा अगाडि मृतक हमालसँग डिभोर्स गर्ने सर्तमा  ५ लाख रुपैँया लगेको भन्ने खुल्न आएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रेमबहादुर शाहीले बताए।  घटनावारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.