काठमाडौं : औषधि व्यवस्था विभागले आयात गर्नुपर्ने औषधिको विवरण दिन चिकित्सकसँग आग्रह गरेको छ। विभागले एक सूचना जारी गर्दै हाल बजारमा आवश्यक औषधिको विवरण सात दिनभित्र लिखित वा इमेलमार्फत जानकारी गराउन आग्रह गरेको छ।
उपचारमा आवश्यक पर्ने कतिपय जीवनरक्षक औषधि बजारमा उपलव्ध नभएको गुनासा बढ्दै गएपछि विभागले उक्त सूचना जारी गरेको बताइएको छ। हाल नेपाली बजारमा मुटु, क्यान्सर, कलेजो, मिर्गौलालगायत रोगका औषधि अभाव भएको गुनासो बढ्दै गएको छ। यस्तै, विभागले भेटनरी तथा पशुपंक्षीमाको उपचारका लागि समेत आवश्यक औषधि बजारमा अभाव रहेको धेरै गुनासो आएपछि उक्त औषधि पनि जानकारी दिन आग्रह गरेको छ। विभागले बजारमा अभाव खड्किएका एलोपेथिक, आयुर्वेदिक, होमियोप्याथि र भेटिरिनरीका औषधि विवरण पठाउन आग्रह गरेको हो।
विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ के कस्ता प्रकारका औषधिहरूको कस्तो प्रकारको रोगको उपचारका लागि अभाव रहेको हो सो सम्बन्धमा पनि सो चिकित्सा पद्धतिमा संलग्न सम्बद्ध चिकित्सकहरू, अस्पतालहरूलगायतलाई अनुरोध गरिन्छ।‘
तपाईंको ईमेल गोप्य राखिनेछ ।