|

एजेन्सी:  लामोसमय देखि आन्तरिक विवादमा फस्दै आएको जिम्बावेको राष्ट्रिय क्रिकेट टिम अन्तत: आईसीसीको प्रतिबन्धमा परेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को बिहीबार लन्डनमा बसेको  बैठकले टेस्ट मान्यता प्राप्त जिम्बावेलाई निलम्बन गर्ने निर्णय गरेको हो।

आईसीसीले सरकारी हस्तक्षेप,राजनीतिक कारण  र आईसीसीको २.४ धारा विपरित काम गरेको भन्दै जिम्बावेलाई निलम्बन लगाएको हो। यो सँगै अक्टोबरमा यूएईमा हुने टी ट्वान्टी ग्लोबल विश्वकप छनोट जिम्बावेले खेल्न पाउने सम्भावना न्यून रहेको छ।

आईसीसीले औपचारिक निलम्बन गरे पनि क्रिकेट टिमले खेल्न पाउने या नपाउनेबारे केही बोलेको छैन्। यद्धपि पटक–पटकको चेतावनीलाई बेवास्ता गरेको भन्दै खेल्नमै रोक लगाउनु पर्ने आवाज बलियो भएकाले जिम्बावेलाई सहज नहुने पक्का छ । जिम्बावेले भने आईसीसीको निर्णयमा प्रतिक्रिया दिएको छैन्। पछिल्लो समय विश्व क्रिकेटमा जिम्बावे आन्तरिक कारणले निकै कमजोर हुँदै गएको छ।

आईसीसीको बैठकले नेपाल क्रिकेट संघको निलम्बन फुकुवाबारे कुनै छलफलै गरेन्। १३ वैशाख २०७३ मा सरकारी हस्तक्षेपको कारण देखाउँदै नेपाललाई निलम्बन गरेको थियो। निलम्बनपछि पनि नेपालले आईसीसीको रेखदेखमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.