|

काठमाडौं : देशको शोधानान्तर घाटा (देशभित्र भित्रनेको तुलनामा बाहिरिने बढी रकम) एक खर्ब नजिक पुगेको छ। गत वर्षबाट सामान्य रूपमा घाटामा देखिएको शोधानान्त स्थिति आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्ममा खर्ब नजिक देखिएको हो। 

नेपाल राष्ट्र बैंकले जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार आर्थिक वर्ष २०७५/७६ को ११ महिनाको अवधिमा ९० अर्ब ८३ करोड रुपैयाँ शोधानान्तर घाटा देखिएको हो। जबकि आर्थिक वर्ष २०७४/७५ को ११ महिनाको अवधिमा चार अर्ब ३४ करोड रुपैयाँ मात्रै रहेको थियो। 

आयत व्यापार बढेको अवस्था र निर्यात न्यून भएको कारणले गर्दा शोधानान्तर चाप बढ्दै गएको देखिएको छ। यो आयात १७.३ प्रतिशतले बढेर १२ खर्ब ९९ अर्ब ८० करोड रुपैयाँ पुगेको छ। निर्यात भने जम्मा ८७ अर्ब ८३ करोड रुपैयाँको भएको छ। कुल ब्यापार घाटा १२ खर्ब ११ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ।

व्यापार घाटा उच्च दरले बढेका कारण चालु खाता घाटा २ खर्ब ४८ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष चालु खाता घाटा २ खर्ब १० अर्ब २४ करोड रुपैयाँ थियो। विदेशी सञ्चिति घट्दै गएको छ। विदेशी संचिती १० खर्ब ३० अर्ब ८८ करोड मात्रै रहेको छ। जबकि गत वर्षको सोही अवधिमा असारमा ११ खर्ब २ अर्ब ५९ करोड रुपैयाँ रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.