|

बर्दिया : बर्दियाका २३ घरपरिवालाई जग्गाधनी पुर्जा वितरण गरिएको छ। २० औँ मुक्त कमैया दिवसको अवसरमा बर्दियाको मधुवन नगरपालिका-४ अन्तर्गतको महेरवा फाटामा बस्दै आएका मुक्तकमैया वस्तीका २३ घरपरिवारलाई लालपुर्जा वितरण गरिएको हो।

२०औँ मुक्त कमैया दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रदेश नम्बर ५ का उपसभामुख कृष्णी चौधरी तथा मधुवन नगरपालिकाका नगरप्रमुख गणेश बहादुर क्षेत्रीले उनीहरूलाई लालपूर्जा वितरण गरेका हुन्। लालपुर्जा हातमा परेपछि स्थानीय निकै खुसी भएका छन्।

महेरवा फाटामा विगत लामो समयदेखि मुक्तकमैया मुक्तकमैयाबीच विवाद चुलिदै आएको थियो। उक्त विवाद समाधानका लागि संवाद समूह, मधुवन नगरपालिका, वडा कार्यालय जिल्ला प्रशासन कार्यालय लगाएतका निकायहरूले अथक प्रयास गर्दै आएका थिए। बिहीबार उक्त प्रयास सफल भएपछि त्यस क्षेत्रका स्थानीयलाई दिवसकै अवसरमा पूर्जा वितरण गरिएको हो।

विगत लामो समयदेखि मुक्तकमैयाले अरूको घरमा कम्लरी बसेर जीविकोपार्जन गर्दै आएका थिए। सरकारले आजभन्दा २० वर्षअघि श्रावण २ गते कमैयामुक्त भएको घोषणा गरेको थियो। सरकारले कमैयामुक्तीको घोषणा गरे पनि उनीहरूको गास, बास तथा कपासको ग्यारेन्टी गर्न निकै समय लाग्यो। अझै पनि सम्पूर्ण कमैयाले जग्गाधनी पूर्जा प्राप्त गर्न सकेका छैनन्।

मुक्तकमैया भूमीहीनहरूले जग्गाधनी पूर्जा प्राप्त गर्नका लागि संघर्ष गर्दै आएका थिए। बर्दियामा अझै पनि ८३ घरपरिवार पुनर्स्थापना हुन बाँकी रहेका छन्। ८३ घरपरिवारमध्ये १७ घरपरिवार सम्पर्कमा आएको जनाइएको छ।

कार्यक्रममा बोल्दै प्रदेश-५ की उपसभामुख कृष्णी चौधरीले मुक्त कमैया तथा भूमिहीनहरूका माग संबोधन गर्नका निमित्त आफू प्रतिबद्ध रहेको बताइन्। यस्तै, उनले संघ, प्रदेश तथा स्थानीय तिनै तहका सरकारले मुक्तकमैया भूमिहीन सुकुम्बासी तथा पिछडा वर्गको समस्या समाधानको विषय नीति तथा कार्यत्रक्रममै समाबेस गरेको बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.