|

इलाम : चेल्सीका पूर्व मिडफिल्डर एवं नाइजेरिया टिमका कप्तान जोन ओ वि मिकेलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन। इजिप्टमा भएको अफ्रिकन कपमा नाइजेरियालाई तेश्रो स्थान दिलाउँदै मिकेलले सन्यासको घोषणा गरेका हुन। 

सुपर इगलको उपमा पाएको नाइजेरिया अन्तिम चारमा अल्जेरियासँग पराजित भएको थियो । तेस्रो प्ले अफमा उस्ले टयुनेसियालाई १–० ले हरायो। इन्स्टाग्राममार्फत सार्वजनिक गर्दै मिकेलले आफ्नो १३ वर्षे अन्तर्राष्ट्रिय करियरबाट सन्यास लिएको घोषणा गरे। उनले भने, ‘इजिप्ट यस्तो देश हो। जहाँ मैले आफनो राष्ट्रिय करियर सुरु गरे र अन्त्य पनि। सन २००६ मा आफ्नो देशको लागी पहिलो आधिकारिक च्याम्पियनसिपमा सहभागिता जनाए। २०१९ अफ्रिकी कप अफ नेसनमा सुपर इगलको राष्ट्रिय टोलीको लागी अन्तिम च्याम्पियनसिप हो।’

उनले सन २००३ को यु–१७ विश्वकपबाट राष्ट्रिय टोलीबाट फुटबल यात्रा सुरु गरेका थिए। २००५ मा लिविया विरुद्ध अन्तराष्ट्रिय फुटबल डेव्यु गरेका उनले २००६ को अफ्रिकी कपमा नाइजेरियाको दोस्रो खेलमा अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गर्दै जिम्बाबेविरुद्ध पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए। 

नर्वेको डिभिजन ३ को क्बल लिनबाट सिनियर क्लब करियर सुरु गरेका उनले सन २००६ देखि २०१७ सम्म चेल्सीमा विताएका थिए। डिफेन्सिभ मिडफिल्डर मिकेलले चेल्सीबाट २४९ क्याप जित्दै १ गोल गरेका छन। उनी चेल्सीमा रहँदा क्लबले २००९–१० र २०१४–१५ को प्रिमियर लिग, ३ संस्करणको एफए कप, २०११–१२ को युइएफए च्याम्पियनसिप, २०१२–१३ को युरोपा लिग लगायतको उपाधि जितेको थियो।

 इङग्लिस क्लब मिडल्सब्रोमा सन २०१९ मा १८ खेलमा सहभागीता जनाएका उनी लगतै टर्किस क्लब ट्रेडजोन्सपरमा सरुवा भएका छन्। ‘३२ वर्षको उमेरमा मेरो लागी सन्यासको समय आएको छ। 

युवा खेलाडीहरुलाई टिम सम्हाल्ने अवसर दिएको हो। किन भने अफ्रिकी कप २०१९ मा कास्य पदक जित्न मुख्य भूमिका खेलेका छन’ उनले भने, ‘मेरो सबै नाइजरेयाली सर्मथक र देशलाई मायाको लागि धन्यवाद जसले मलाई १५ वर्षसम्म सदभाव देखायो।’ 

मिकेलले नाइजेरियालाई सन २०१३ को अफ्रिकी कप र २०१६ को ओलम्पिकमा कास्य पदक जिताएका छन। उनले सुपर इगलको लागीि२०१४ र २०१८ को विश्वकपमा सहभागिता जनाएका छन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.