|

बैतडी : बैतडीका विभिन्न स्थानीय तहहरूले पशु चौपाया निकासीमा कर लिन थालेका छन्। आफ्ना पालिका बाहिर व्यापारिक प्रयोजनका लागि पशुचौपायाको निकासी गरेमा कर लिने गरेका दोगडाकेदार गाउँपालिकाका कार्यालय सहायक अम्बादत्त जोशीले बताए।

गाउँकार्यपालिकाले निर्णय गरेर गत वैशाखदेखि खसी बाख्रा र रांगा भैसीमा निकासी कर लिने गरेको उनले बताए। खसी बाख्राको एकसय र रांगा भैंसीको ५०० का हिसाबले कर लिने गरेको छ। अहिले सम्म पशुचौपया निकासीबाट ८८ हजार राजस्व संकलन भएको दोगडाकेदार गाउँपालिकाले जनाएको छ।

जिल्लाभित्रै पनि निकासी कर लिन थालेपछि स्थानीय भने रुष्ट बन्न थालेका छन्। जिल्लाभित्रैको कारोबारमा कर लिनु उचित नहुने स्थानीयको भनाई छ। पञ्चेश्वर गाउँपालिकाले पनि पशुचौपायामा निकासी कर लिन थालेको छ। गाउँपालिकाबाट बाहिर निर्यात हुने र गाउँपालिकाभित्र व्यापार व्यवसायका भित्रिने पशुचौपायमा कर लिने निर्णय भएको गाउँपालिकाकी उपाध्यक्ष बीना भट्टले बताइन्।

पञ्चेश्वर गाउँपालिकाले खसी विक्रिबापत कर लिएपछि शिवनाथका विक्रम धनाडीले आवश्यक छलफल गरिदिन भन्दै गाउँपालिकामा निवेदन समेत दिएका छन्। पञ्चेश्वर गाउँपालिका ३ बाट ६ ओटा खसी खरिद गरेको भन्दै वडा कार्यालयले छ सय कर लिएको धनाडीले बताए। 

वडा कार्यालयले गाउँसभाकै निर्णय अनुसार कर लिएको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बीना भट्टले बताइन्। यो विषयमा शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदलाई सोध्दा पञ्चेश्वर गाउँपालिकासँग छलफल भइरहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.