|

संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका ३ मा राखिएको दुई क्रसर उद्योग मापदण्ड नपुगेको भन्दै मकालु बरुण राष्ट्रिय निकुञ्जले बन्द गरेको छ।

पक्की पुल निर्माणका लागि आवश्यक कच्चा पदार्थका उत्पादन गर्ने मकालु ३ मा राखिएका दुई क्रसर उद्योग राष्ट्रिय निकुञ्जले २०७५ माघ महिनादेखि बन्द गरेको निकुञ्जका सुचना अधिकारी हिमाल पाठकले बताए। 

मापदण्ड नपुगेका कारण स्काई–कार्की बन्धु जेभी र रौताह–एस.ए.एस.राखेका मकालु –३ को सम्माटारका क्रसर उद्योग बन्द गरिएको सूचना अधिकारी पाठकले बताए। हिमाली राष्ट्रिय निकुञ्ज नियमावली २०३६, नियम ३०, बमोजिम निकुञ्ज क्षेत्रमा कुनै पनि निर्माण कार्य गर्न नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयको स्वीकृति लिनु पर्ने व्यवस्था रहेको रहेको छ। 

मध्यवर्ती क्षेत्र व्यवस्थापन नियामावली २०५२, नियम १७ वातावरणमा उल्लेखनीय प्रतिकूल असर पने सक्ने गरी ढुङ्गा, माटो बलुवा वा खानी खन्न वा कुनै खनिज पदार्थ माटो वा अन्य यस्तै पदार्थ हटाउन, मध्यवर्ती क्षेत्र भित्र बग्ने नदि वा पानीको स्रोतमा कुनै हानिकारक विषादी वा विष्फोटक पदार्थ पयोग गर्न निषेधित कार्यको रुपमा रहेको उल्लेख गरिएको छ। 

पक्की पुल निमार्णका लागि चाहिने आश्वयक कच्चा पदार्थ उत्पादन गर्ने दुई कम्पनीले मकालु ३ को सम्माटारमा क्रसर स्थापना गरेका थिए। पक्की पुल निर्माण गर्न आवश्यक कच्चापदार्थ उत्खनन गर्न नपाउँदा आयोजनको काम प्रभावित भएको रौताह–एस.ए.एस. निर्माणकम्पनीको प्रमुख सन्तोश राईले बताए। 

यस सडक अन्र्तगत फ्याक्रे खोल, नाङ्खोला, चाङ्खोला, जोर खोलामा पुल निर्माणका जिम्मेवारी स्काई–कार्की बन्धु जेभीले संयुक्तरुपमा कार्य गरिरहेको छ।

१५ करोड रुपैयाँ लागतमा यी चारवटा पुल निर्माणको जिम्मेवारी दिइएको छ। त्यसैगरी उवा खोला, उहाङ् खोला र एकुवा खोला रौताह–एस.ए.एस. जेभीले १२ करोड रुपैयाँ लागतमा निर्माणको जिम्मा पाएको छ। 

सोही खण्डको ठाडो खोला र उवाङ् खोलामा पक्की पुल निर्माणको जिम्मेवारी रौताह कन्ट्रक्सन प्रालिले पाएको छ। सो दुईवटा पुल १५ करोड ७० लाख रुपैयाँमा निर्माण गर्नु पर्ने छ। आवश्यक कच्चा पदार्थ उत्पादन नहुदाँ नौवटा पक्की पुल अलपत्र परेका छन्। खाँदबारी–किमाथांका सडक खण्डमा १८ वटा पक्की पुल निर्माण गर्नुपर्ने छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.