समाज

लोकसेवा आयोगविरुद्ध सडकमै सुतेर प्रदर्शन, पुत्ला जलाउँदा १६ जना पक्राउ
SHARES

साउन ३, २०७६

    जनकपुरधाम : लोक सेवा आयोगको विज्ञापन खारेजको माग राख्दै प्रदेश २ को अस्थानीय राजधानी जनकपुरमा प्रदर्शन गरिएको छ। युवा सडकमै सुतेर आयोगक अध्यक्ष उमेश प्रसाद मैनाली र सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितविरुद्ध प्रदर्शन गरेको हो।

    प्रदर्शनका क्रममा आयोग अध्यक्ष मैनाली र मन्त्री पण्डितको पुतला दहन गरेपछि दर्जन बढी प्रदर्शनकारी युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रदर्शनमा उत्रेका समाजवादी पार्टीका नेता नवीन यादव, राजपा विद्यार्थी नेता प्रशासन्त झा, किसन साहसहितका १६ जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय लगेको छ।

    जनकपुरको जनक चोकबाट जुलुस निकालेर शिव चोकसम्म पुगी प्रदर्शनकारीहरुले पुतला जलाएको थियो। प्रहरीले आगो दन्किरहेको पुतला निभाएको छ। पुतला जलाउन नदिन ठूलो संख्यामा प्रहरी परिचालित थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]