|

एजेन्सी : बागदाद बोउनेदाको निर्णायक गोलको मद्दतमा अल्जेरिया नयाँ अफ्रिकी च्याम्पिनय बनेको छ। इजिप्टको कायरो रंगशालामा भएको अफ्रिकी कप अफ नेसन्सको फाइनलमा अल्जेरियाले सेनेगललाई १–० ले पराजित गर्दै दोस्रो पटक उपाधि आफ्नो पक्षमा पार्‍यो।

खेलको दोस्रो मिनेटमा बोउनेदाको प्रहार सेनेगेलका सालिफ सानेलाई लाग्दै गोल भएको थियो। खेल अधिकांश समय सेनेगलको पक्षमा रहे पनि गोल गर्न नसक्दा पहिलो पटक उपाधि जित्ने अवसरमा बञ्चित रह्यो। खेल अवधिभर अल्जेरियाले पोस्टमा गरेको एक मात्र आक्रमण नै उपाधि जित्न पर्याप्त रह्यो।

पहिलो उपाधि जित्ने दाउमा रहेको सेनेगलले दोस्रो हाफमा रेफ्रीबाट पेनाल्टी पाएको थियो। तर, रेफ्रीले पछि भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै निर्णय परिवर्तन गरे। अल्जेरिया सन् १९९० पछि पहिलो पटक उपाधि जितेको हो भने सेनेगल २००२ मा फाइनल पुगे पनि क्यामरुनसँग पराजित बन्दै उपाधि जित्न सकेन। फाइनल प्रवेशका लागि अल्जेरियाले नाइजेरिया र सेनेगलले टयुनेसियालाई हराएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.