बेइजिङ : चीनको हेनान प्रान्तस्थित यीमा शहरमा शुक्रवार एक ग्यास प्लान्टमा विस्फोट भएको छ । यो घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ । १९ जना अन्य घाइते छन्। समाचार अनुसार विस्फोट शुक्रवार स्थानीय समयानुसार साँझ ६ बजे भएको हो। घटनापछि अझै पाँचजना मानिस बेपत्ता रहेका छन् । उनीहरूको अवस्था खुल्न सकेको छैन।
अधिकारीका अनुसार विस्फोट ट्यांकीमा भएको ज्वलनशील पदार्थका कारण भएको होइन। स्थानीयका अनुसार विस्फोट अत्यत्नै शक्तिशाली थियो। यसबाट तीन किलोमिटर परसम्मका घरका शिशा फुटेका छन्। प्रत्यक्षदर्शीका अनुसार प्लान्टमा हेर्दा हेर्दै ठूलो आो लाग्यो। त्यसपछि पुरै उक्त क्षेत्रमा धुवाँ फैलियो।
यीमा ग्यास प्लान्ट सुरक्षाका हिसाबले धेरै मजबुत थियो। यो कारखानालालाई चीन सरकारले अत्यन्त सुरक्षित ठहर गर्दै प्रमाणपत्र पनि दिएको थियो। अहिलेसम्म घटनाको कारण पत्ता लागेको छैन। प्लान्टमा करिब २ सय कर्मचारी कार्यरत थिए।
यसै साल मार्चमा जिआङ्ग्सू प्रान्तमा रसायन प्लान्टमा विस्फोट हुँदा ६० भन्दा धेरैको ज्यान गएको थियो। चीनमा सबैभन्दा घातक विस्फोट सन् २०१५ मा भएको थियो। तियानजिनमा एक रसायन वेयरहाउसमा आगो लाग्दा १७४ मानिस मारिएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।