|

इटहरी : आरक्षण  बचाउ नाम दिएर लोक सेवा आयोगविरुद्द आन्दोलन गर्ने १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । आयोगले शनिबार लिने परीक्षालाई प्रभावित पार्न आयोजना गरिएको आन्दोलनबाट बन्द गराउँदै हिड्ने नेपाल आदिवासी जनजाति महासंघ सुनसरीका अध्यक्ष राम राईसहित १६ जना पक्राउ परेका हुन् ।

संवैधानिक प्रावधान र समानुपातिक समावेशी सिद्धान्तविपरित लोकसेवा आयोगले विज्ञापन आह्‍वान गरेको भन्दै महासंघ प्रदेश १ ले शनिबार प्रदेश बन्दको घोषणा गरेको हो।

लोकसेवाले आदिवासी, जनजाति, मधेसी, दलित, मुस्लिम, महिला, अपांगता भएकालाई दिनुपर्ने ४५ प्रतिशत आरक्षण सुरक्षित गर्नुपर्ने माग राखेको छ।

महासंघले लोकसेवाको विज्ञानविरुद्ध नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि इटहरीमा ज्ञापन पत्र बुझाएको थियो । शुक्रबार साँझ पनि उनीहरुले लोक सेवा आयोगका अध्यक्ष उमेश मैनाली र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पुतला दहनसमेत गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.