|

काठमाडौं : पूर्वगोलरक्षक भिक्टर भाल्डेस बार्सिलोनामा नयाँ भूमिकामा देखिदैछन्। १४ वर्ष बार्सिलोनामा गोलरक्षकको भूमिकामा रहेका भाल्डेसले अब  १९ वर्षमूनिको टोलीलाई प्रशिक्षण गराउनेछन्।

डेनिस सिल्भालाई प्रतिस्थापन गर्दै गोलरक्षक भाल्डेस प्रमुख प्रशिक्षकमा नियुक्त भएका हुन्। ३७ वर्षीय भाल्डेसले ला–लिगा टोली बार्साका लागि ५३९ क्याप जितेका छन्। उमेर समूहको करियर बार्सिलोनाबाट सुरु गरेका भाल्डेसले बार्सिलोनाकै सी, बी हुँदै सन् २००२ बाट पहिलो रोजाईको टोलीमा १२ वर्ष बिताएका थिए।

लिगामेन्टमा समस्या आएपछि सन् २०१४ मा उनले क्लब छाडेका थिए। त्यसपछि  म्यानेस्टर युनाइटेड, बेल्जियन क्लब स्टेडन्डर लिग र मिडल्सब्रोमा बिताए। २०१८–१९ बाट उनले प्रशिक्षक करियर सुरु गरेका थिए। मड्रिडमा रहेको क्लब र्माटालाजको युवा टोलीलाई एक सिजन प्रशिक्षण गराए।

पूर्वस्पेनिस टोलीका सदस्य भाल्डेजले देशका लागी ४ वर्षको समयमा २० क्याप जिते। सन् २०१० को विश्वकप फुटबलको लागि प्रशिक्षक भिन्सेन्ट डेल बस्कोले उनलाई इकार कासिलासपछि दोश्रो रोजाइको गोलरक्षकको रुपमा २३ सदस्यीय टोलीमा राखेका थिए।

३ जुन २०१० मा दक्षिण कोरियाविरुद्ध स्पेनिस टोलीबाट डेव्यु गरे। त्यसअघि उनले स्पेनको विभिन्न उमेर समूहबाट २६ क्याप जितिसकेका थिए। प्रि–सिजनको सुरुवातमा अजाक्सको युवा टोलीविरुद्ध प्रतिस्पर्धा गराउँदै भाल्डेसले नयाँ करियर बार्सिलोनाबाट सुरु गर्नेछन्।

बार्साबाट दोहोरो भूमिकामा देखिने भाल्डेस तेश्रो खेलाडी हुन्। यसअघि पूर्व खेलाडी पेप ग्वार्डिओला र लुइस इन्रिकरले बार्साको प्रशिक्षकको भूमिकामा देखिइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.