|

इरानले होरमुजको खाडीमा बेलायतको एक तेल ट्यांकर कब्जामा लिएको छ।

अमेरिकासँग युद्धको सम्मुख रहेको इरानले बेलायती तेल ट्यांकर कब्जामा लिएपछि यो क्षेत्रको अवस्था झन् तनावमय भएको छ।

बेलायतका विदेशमन्त्री जेरेमी हन्टले बेलायतमा रजिष्टर गरिएको उक्त तेल ट्यांकर तत्काल नछोडे गम्भीर परिणाम भोग्न तयार रहन भनेका छन्।

बेलायतले होरमुज खाडी क्षेत्र भएर यात्रा गर्ने बेलायती पानी जहाजलाई सचेत गराएको छ।

स्टेना इम्पेरो नामको उक्त ट्यांकर मालिकले जहाजसँग सम्पर्क हुन नसकेको बताएका छन्। उक्त जहाजमा कूल २३ मानिस सवार रहेको बीबीसीले लेखेको छ।

उक्त जहाज इरानतर्फ गइरहेको बताइएको छ।

लाइबेरियामा रजिष्टर गरिएको एक अर्को बेलायती तेल ट्यांकरमाथि पनि हतियारधारी सुरक्षा गार्ड सवार भएको बताइएको छ। उक्त जहाजले भने आफ्नो यात्रा जारी राखेको बताइएको छ।

इरानले बेलायती तेल ट्यांकर यस्तो अवस्थामा कब्जा गरेको छ जब उसको सम्बन्ध अमेरिकासँग तिक्तताको उच्च बिन्दुमा छ। बेलायतबीच पनि उसको सम्बन्ध युद्ध सम्मुख छ।

इरानले बेलायतसँग बदला लिएको बताइएको छ। यहिँ महिना बेलायतले जिब्राल्टरमा एक इरानी तेल ट्यांकर कब्जा गरेको थियो। बेलायतले त्यतिबेला उक्त तेल ट्यांकरले युरोपियन नियम तोडेको आरोप लगाएको थियो।

बेलायतले जुलाई ४ मा कब्जा गरेको इरानी तेल ट्यांकरले सिरियाका लागि तेल लगिरहेको आशंकामा कब्जा गरेको थियो। त्यसपछि इरानले बेलायतलाई खुला चेतावनी दिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.