|
धर्नामा प्रियंका

भारतीय राष्ट्रिय कांग्रेसकी महासचिव प्रियंका गान्धी वाड्राले आफू जेल जान तयार रहेको बताएकी छन्। 

गत जुलाई १७ तारिखका दिन सोनभद्रामा भएको गोलीकाण्डमा मारिएकाहरूका आफन्तलाई भेटेपछि प्रियंकाले यस्तो बताएकी हुन्।

‘पीडितका आफन्तलाई भेट्दा मलाई सरकारले जेल हाल्छ भने म जेल जान तयार छु’, उनले सामाजिक संजाल ट्विटरमा लेखेकी छन्। उनले जमानत कुनै हालतमा पनि नतिर्ने अठोट पनि गरेकी छन्।

प्रियंकालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सरकारले पीडितका परिवारलाई भेट्न दिएको थिएन। उनलाई सरकारले नियन्त्रणमा लिएको थियो। हिरासतमा राखेको थियो।  

आफूले हिंसा नचाहेको र उनीहरूलाई आफूले जसरी पनि भेट्न चाहेको र त्यो पूरा भएको बताएकी छन्।

सोनभद्रामा १० जना किसानको हत्या भएको थियो। सयौँ व्यक्ति घाइते भएका थिए। दुई पक्षबीच भएको भिडन्तमा उक्त घटना भएको थियो। यसलाई आधुनिक भारतमा लज्जास्पद भएको प्रियंकाको भनाइ थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.