|

सोलुखुम्बु : खुम्बुपासाङल्हामु गाउँपालिका–२ मा झगडा गर्ने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानीय राम मगर र नरबहादुर निरौलाबीच सामान्य विवादपछि कुटाकुट हुदाँ करिब ३८ वर्षीय निरौलाको भीरबाट लडेर मृत्यु भएको हो।

शुक्रबार साँझ करिब ६ बजे तीर नाबुङ जंगलमा जोक्पेलाई दाना खुवाई पर्किने क्रममा विवाद हुँदा उनीहरुबीच हात हालाहाल भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले बताए। मगरले निरौलालाई धकेलेपछि भीरबाट करिब २०० मिटर तल खस्दा घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न भनिएका करिब ४८ वर्षीय राम मगर र सँगै गएका ङिमा सार्की शेर्पालाई प्रहरीले नियन्त्रत्रणमा लिएको छ। घटनाको विषयमा थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी निरीक्षक देउप्रसाद लिम्बुसहितको अर्को टोली घटना स्थलतर्फ प्रस्थान गरेको छ। शवलाई अहिले घटना स्थलमै राखिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.