|

सल्यान : बन्गाड कुपिन्डे नगरपालिका–१२, दुरुमखोलाका टोपेन्द्र वली एक दशकदेखि मौरीपालन गर्दै आएका छन्। 

जिल्लाकै विकट ठाउँको रुपमा रहेको दुरुमखोलामा वलीले करिब १२० घार मौरी पालेका छन्। उनले मौरीसहितका घार, खाली घार र मह बक्री गरेर वार्षिक २० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन्।

घर परिपरिको जग्गामा मौरी खेती गर्दै आएका खत्रीले यसलाई अझै बढाउने योजना भएको बताए। उनले वार्षिक करिब आठ क्विन्टल मह उत्पादन गरेर बिक्री गर्दै आइरहेको छन्। अहिले महको मूल्य प्रतिकिलो ७०० रहेको छ। 

मौरीसहितको घारलाई सात हजार र खाली घारलाई तीनदेखि चार हजार रुपैयाँका दरले बिक्री गर्ने गरेको उनले बताए। वार्षिक १०० देखि २०० वटासम्म घार बिक्री हुने गरेको उनले बताए। वलीको परिवार नै मौरीपालन व्यवसायमा सक्रिय छन्। ‘मौरीको हेरचाह, घार निमार्ण, मह काढ्ने काम भ्यानभ्याइ छ,’ उनले भने, ‘घरमै बसेर १५÷२० लाख रुपैयाँ आम्दानी हुन्छ भने किन विदेश जानुपर्‍यो।’

उत्पादन भएको भएको महको बजारको समस्या नभए पनि गाउँसम्म पुग्ने यातायातको साधनको अभाव भएको उनले बताए। ग्रामीण क्षेत्रका फलफूल र जडीबुटी खाएर बनेको मह भएकाले गुणस्तरीय भएको उनको दाबी छ।

व्यावसायिक रुपमा कृषि पेशा अँगालेका किसानहरुलाई राज्यले अनुदानका कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउनु पर्ने वलीको माग छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.