मन्त्री भन्छन् : हामी केही गर्न सक्दैनौँ

|

एजेन्सी : कमला नदीमा आएको बाढीबाट जोगिनाका लागि बिहारका १५ सय परिवारले सडकको डिभाइडर कब्जा गरेका छन्। १४ जुलाईदेखि राष्ट्रिय राजमार्ग-५७ को डिभाइडरलाई नै उनीहरुले अस्थायी घर बनाएका हुन्। 

करिब ५ किलोमिटरको दायरामा उनीहरुले डिभाइडरमै छाप्रो हालेर अस्थायी बस्ती बनाएका हुन्। यी सबै बाढीको वितण्डाबाट जोगिएर सडकमा पुगेका हुन्। घर बाढीमा डुबेपछि उनीहर पूर्वोत्तर भारत जोड्ने राष्ट्रिय राजमार्ग-५७ मा चल्ने तीव्र गतिका गाडीको बीचमा फसेका हुन्। 

यी सबै मानिस बिहारकै झन्झारपुर अनुमण्डलका हुन्। यो चार लेनको सडकमा दैनिक हजारौँ साना ठुला गाडी चल्छन्। सानो गल्तीले पनि यहाँ ठुलो दुर्घटना हुन सक्छ। यसका बावजुद जिम्मेवार निकाय अहिलेसम्म मौन छन्। शनिवार यही सडकमा पिकअपको ठक्करबाट एक बालिकाको ज्यान गयो। 

यससम्बन्धमा बिहारका आपतकालिन मन्त्री लक्ष्मण रायले यो काम एनएच अथोरिटीको बताउँदै आफूले केही गर्न नसक्ने जानकारी दिए। उनले राष्ट्रिय राजमार्ग केन्द्रको अधिनमा रहेको बताउँदै आफूले कुनै प्रकारको निर्देशन दिन नसक्ने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.