|

मकवानपुर : मकवानपुरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ। मनहरी गाउँपालिका-९ रजैयास्थित राप्तीखोला बगरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको हो।

शनिबार राति गाँजा बोकेको ५/६ जनाको समूह र प्रहरीबीच गोली हानाहान भएको स्रोतले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुर टोलीलाई देखेपछि गाँजा तस्करको समूहले फायरिङ सुरु गरेको बताइएको छ।

त्यसपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको थियो। तर दुवैतर्फ मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  

गोली हानाहापछि प्रहरीले मनहरी गाउँपालिका-९ रजैया राप्ती खोलाबाट राक्सिराङ गाउँपालिका-१ ढुङ्गेन बस्ने ४३ वर्षीय कुमार स्याङतानलाई पक्राउ गरेको छ। उनको साथबाट कटुवा पेस्तोल एक नाल, पेस्तोलमा लाग्ने गोलीको खोका १ राउण्ड, जंगी गोली ५ राउण्ड र करिब ३५ केजी गाँजासहित पनि प्रहरीले बरामद गरेको छ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरीलाई गाँजा लैजाँदै गरेको ४/५ जनाको समूहमध्ये स्याङतानले कटुवा पेस्तोलबाट १ राउण्ड फायर गरेकोले प्रहरीले समेत जवाफी फायर गरी स्याङतानलाई पक्राउ गर‍िएको जनाको छ। 

अन्य फरार व्यक्तिहरुको खोजी भइरहेको जनाइएको छ। घटनास्थलबाट अन्य चारजना फरार भएका छन्। पक्राउ परेका स्याङ्तान प्रहरीको खोजी सूचीका गाँजा तस्कर नै भएकव प्रहरीको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.