जिल्ला कमिटीकै मान्यता प्राप्त ६ महानगरको पनि टुंगो

|

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना ८३ जिल्ला कमिटीका इन्चार्ज-सहइन्चार्जको टुंगो लगाएको छ। 

आइतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्ला कमिटी र जिल्ला कमिटीकै मान्यता पाएका ६ वटा महानगरका इन्चार्ज–सहइन्चार्जको टुंगो लगाएको जानकारी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । 

सचिवालयले टुंगो लगाएका जिल्ला इन्चार्ज-सहइन्चार्जको नाम आजै पार्टी केन्द्रीय कार्यालयबाट सार्वजनिक गरिने भएको छ। 

‘सांगठनिक एकताको कामलाई अन्तिम रुप दिन लागेका छौँ। आज त्यस अन्तरगत ७७ वटा जिल्ला कमिटी र जिल्ला कमिटीकै मान्यता प्राप्त ६ वटा महानगरपालिकाका इन्चार्ज र सहइन्चार्जहरु तोक्ने काम सकियो’, उनले भने, ‘अब पर्सी (मंगलबार) धुम्बाराहीमा पुनः सचिवालयको बैठक बसेर विभाग, आयोग, केन्द्रीय अन्य निकायहरु र प्रवास संगठनको एकीकरणको काम टुंगो लगाउने छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.