|

जनकपुरधाम : जनकपुरको राम जानकी अस्पताल प्रालिमा चिकित्सकहरूको लापरबाहीले बिरामीको ज्यान गएको आफन्तले आरोप लगाएका छन्। उपचारकै क्रममा धनुषाको बटेश्वर गाउँपालिका ३ का ४५ वर्षीय बिन्देश्वर ठाकुरको मृत्यु भएको थियो।

सामान्य बिरामी भएर शनिबार बिहान करिब ८ बजेट ठाकुर अस्पालमा भर्ना भएका थिए। रेफर गर्ने अवस्था नरहेको भनेका चिकिन्सकले उपचार गर्दागर्दै उनको दिउँसो मृत्यु भएको हो।

बिरामीको मृत्यु भएपछि उनको आफ्न्त आक्रोशित बनेका छन्। अस्पताल परिसरमा मृतक ठाकुरकी श्रीमती र छोरी भक्कानिँदै गरेको देखियो।

अस्पतालमा तनाव भएपछि अहिले ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएको छ। बिरामीको मृत्यु भएपछि उनको उपचारमा संलग्न डा. प्रेम सिंह र डा. ऋषि मण्डल सम्पर्कविहीन बनेका छन्।

मृतकका ज्वाइँ महेश शर्माले अवस्था बिग्रेपछि रेफर नगरेर चिकिन्सले गल्ती गरेको बताए। उनले भने, ‘बिहान अचानक पेट ढारिएको र लगत्तै उपचारका लागि अस्पतालमा भर्ना गराएँ। डाक्टरले बाहिर लग्नु नपर्ने अवस्था रहेको भनेको एकछिनमै मृत्यु घोषित गरे।’

अस्पताल प्रशासन प्रमुख विकास चन्द्र गुप्ताले भर्ना भएका बेला बिरामी ठाकुरको अवस्था सामान्य रहे पनि दिउँसो अचानक बिग्रेर मृत्यु भएको बताए। अवस्था बिग्रेको एकछिनमै मृत्यु भएपछि रेफर गर्न नसकिएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.