भद्रपुर, (झापा) : पानी तान्ने मोटर जोड्ने क्रममा करेन्ट लागेर झापामा एक जनाको आइतबार मृत्यु भएको छ।
मृत्यु हुनेमा मेचीनगर नगरपालिका ६ बस्ने ५५ वर्षीय धनकुमार राई रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार आफ्नै घर बाहिर जमेको पानी मोटर लगाई फाल्ने क्रममा राईलाई करेन्ट लागेको थियो।
करेन्ट लागेर घाइते भएका राईलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल लगिएको र उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।