|
फाइल फोटो

काठमाडौं : नेपालमा मानव अधिकारको संरक्षणसम्बन्धि अन्तराष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ।

राष्ट्रिय मानव अधिकार आयोगले आगामी कार्तिकको २६, २७ र २८ गते काठमाडौंमा सो सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो। आइतबार ललितपुरमा पत्रकार सम्मेलन गरी आयोगका अध्यक्ष अनुपराज शर्माले ४० लाखभन्दा बढि विदेशमा काम गर्न जाने मजदुरहरूको हक, अधिकारलाई सुनिश्चित गराउने गरी सम्बन्धित राष्ट्रहरूसहितको उपस्थितिमा सो सम्मेलन आयोजना गर्न लागिएको स्पष्ट पारे। सम्मेलनमा नेपाली कामदार जाने देशका सरकार तथा मानव अधिकार आयोगका पदाधिकारी सहभागी हुनेछन्।

विदेशमा काम गर्न जाने कामदारहरुले अनेक पीडा भोग्नु परेपछि ती समस्या समाधानका लागि सन् २०१० बाटै विभिन्न मुलुकमा अन्तराष्ट्रिय स्तरको सम्मेलन हुने गरेको छ। नेपालमा पनि विदेशमा काममा जाने नागरिकहरुको संख्या उल्लेख्य रहेका छन्। उनीहरूको मानव अधिकारसँग सम्बन्धित समस्या समस्या समाधानका लागि आवश्यक रणनीति तय गर्न सो सम्मेलन आयोजना गर्न लागिएको पनि आयोगका अध्यक्ष शर्माले स्पष्ट पारे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.