|

काठमाडौं : पति छविराज ओझाबाट घरेलु हिंसाको शिकार परेको भन्दै केही दिन अगाडी प्रहरीमा उजुरी दिन पुगेकी नायिक शिल्पा पोखरेलविरुद्ध बहुविवाहको उजुरी परेको छ।

छविराज ओझाकी जेठी श्रीमती हेमा ओझाले आइतबार महानगरीय प्रहरी वृत गौशलामा पुगेर बहु विवाहको उजुरी दर्ता गरेकी हुन्।

पहिला प्रमाण नभएकाले उजुरी दिन नसकेको तर्क गरेकी उनले हाल प्रमाण प्राप्त भएकाले प्रहरीकहाँ पुगेको बताएकी छन्। कान्छी आफूसँग डिभोर्स नै नभएको अवस्थामा सौताका रुपमा शिल्पा पोखरेल छविसँग आएको बताउँदै उनले कारबाही माग गर्दै उजुरी दिएकी हुन्। 'छविले शिल्पासँग बहुविवाह गरेको पुष्टि प्रहरीमार्फत् भएपछि मुद्दा दर्ता गरेकी हुँ', हेमाले उजुरीमा उल्लेख गरेकी छन्।

शिल्पाले आफूमाथि घरेलु हिंसा भएको भन्दै श्रीमान् छविराज ओझाविरुद्ध  केही समय अगाडि काठमाडौं प्रहरी परिसर टेकुमा निवेदन दिएकी थिइन्।

त्यसको केही दिनपछि काठमाडौं जिल्ला अदालतमा डिभोर्सका लागि फाइल गरेको सूचना बाहिरिएपछि हेमा प्रहरीकहाँ पुगेकी हुन्। छविकी जेठी श्रीमती हेमाले बहुविवाहको मुद्दा दायर गरेपछि छवि-शिल्पाको विवाद र सम्बन्ध नयाँ मोडमा पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.