बैतडी : सिँचाइ ट्यांकीमा डुबेर आइतबार बैतडीमा एक बाललको मृत्यु भएको छ। मृत्यु हुनेमा सिगास गाउँपालिका १ तल्लोजुकेपानीका पदम बिकका ८ महिनाका छोरा समीर बिक रहेका छन्।
बालकको घरछेउमै रहेको सिँचाइ ट्यांकीमा डुबेर मृत्यु भएको सिगास गाउँपालिका १ का वडाअध्यक्ष गगनसिंह धामीले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय बैतडीले भने उक्त घटनाको विषयमा कुनै जानकारी नआएको जनाइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।