|

हेटौंडा : प्रदेश ३ सरकारका ३ मन्त्रीहरू नेकपाका जिल्ला सह-इन्चार्ज भएका छन्। मुख्यमन्त्री डोरमणि पौडेल र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाबाहेक सबै मन्त्रीले जिल्ला इन्चार्ज र सह इन्चार्जको जिम्मेवारी पाएका हुन्।

प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेल धादिङको इन्चार्ज बनेका छन्। यस्तै आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल रामेछापको सह-इन्चार्ज बनेका छन्। उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलाल एउटै जिल्लाका सह-इन्चार्ज बनेका हुन्। मन्त्रीद्वय सिन्धुपाल्चोकका सहइन्चार्ज बनेका हुन्। 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ७७ भूगोल जिल्ला कमिटी र ६ महानगर जिल्ला इन्चार्जको आइतबार टुंगो लगाएको हो। मुख्यमन्त्री पौडेल केन्द्रीय सदस्य हुन् भने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा भने नेकपा प्रदेश ३ कमिटीमा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.