|

धनकुटा : प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र बहादुर आङ्वोले प्रदेश सरकारले यस आर्थिक वर्षमा पूर्वाधार विकासमा ४५ प्रतिशत बजेट विनियोजन गरेको बताएका छन। धनकुटाको बेलाहारमा गुठी–बाघखोर–छिदी सडकको कालोपत्रे निर्माण कार्यको शिलान्यास गर्दै मन्त्री आङ्वोले त्यस्तो बताएका हुन।

प्रदेश सरकारले पूर्वाधार विकासबाहेक प्रदेशमा कृषि र पर्यटनको प्रचुर संभावना रहेकाले कृषि र पर्यटनलाई उच्च प्राथमिकतामा राखेको बताए। देशको कुल जनसंख्याको दुइतिहाई कृषिमा निर्भर रहेको भए पनि आफैँलाई खाने पनि उत्पादन गर्न नसकेको बताउँदै मन्त्री आङवोले कृषिमा आधुनिकीकरण र व्यवसायीकरणको खाँचो रहेको औँल्याए। उनले संघीयता कार्यान्वयन गर्न तीनै तहको सरकार एकतावद्ध हुनुपर्ने बताउँदै एउटा सरकार असफल भए संविधान र  संघीयता असफल हुने बताए।

मन्त्री आङ्वोले दुई तिहाइको सरकारले काम गर्न नसकेको गुनासा आइरहे पनि एकै रातमा काम दुई तिहाइको सरकारले गर्न नसक्ने बताए। उनले ठूला योजनाका काम संघीय सरकारले, मझौला योजनाका काम प्रदेश सरकारले र साना तथा जनतासँग सरोकार राख्ने काम स्थानीय सरकारले गरिरहेको दावी गरे।

अर्को प्रसंगमा मन्त्री आङ्वोले प्रदेशको राजधानी धनकुटा बनाउने चाहाना हुदाँहुदै नसकेकोले धनकुटालाई जिवन्त राख्न मुख्यमन्त्रीको सम्पर्क कार्यालय देखि विभिन्न प्रदेश स्तरीय कार्यालय धनकुटामा स्थापना गरेको बताए। उनले धनकुटामा मेडिकल कलेज स्थापना गर्न साढे १६ करोड बजेट विनियोजन गरेको जानकारी दिए।

पूर्वाधार विकास कार्यालय भोजपुरको २१ करोड ७३ लाख ७९ हजार ४ सय २३ रुपैयाँ ५१ पैसाको सडक कालोपत्रै हुन लागेको हो। सडक कालोपत्रेको ठेक्का रमण दिव्यज्योती रोजन जेवी काठमाडौंले पारेको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज केडीले जानकारी दिए। उनका अनुसार सडक कालोपत्रेको काम दुई वर्षभित्र सक्ने गरि ठेकेदार कम्पनीसँग सम्झौता भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.