|

डडेल्धुरा : क्यान्सरपीडित क्रिकेट खेलाडी केशव सिंहलाई सुदूरपश्चिम समाज दक्षिण कोरियाले एक लाख ३७ हजार ९ सय ७६ रुपैयाँ सहयोग गरेको छ। आइतबार आलिताल गाउँपालिकामा एक कार्यक्रमकाबीच क्यान्सरपीडित आलिताल गाउँपालिका–६ का क्रिकेट खेलाडी सिंहलाई उक्त रकम हस्तान्तरण गरिएको हो।

सुदूरपश्चिम कोरियाली समाजका पूर्व अध्यक्ष नरबहादुर साँकीले कोरियामा कार्यरत ११२ जनाको सयुक्त पहलमा उक्त रकम संकलन भएको बताए। सुदूरपश्चिम समाज कोरियाले विगत लामो समयदेखि यस्ता दुख र पीडामा परेका व्यक्तिलाई सहयोग गर्दै आएको पनि बताए। यस्तै आलिताल निर्माण व्यवुसायी संघले १५ हजार १५५ र गाउँस्वस्थ्या शाखा प्रमुख धनबहादुर क्षेत्रीले नगद पाँच हजार सहयोग गरे।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङले आत्मविश्वस  र आत्मबललाई साथमा राखेर अगाडि बढ्न सल्लाह दिँदै आफू र गाउँपालिका सिंहको सहयोगमा लागिपरेको बताए।

गाउँपालिकाले यस अघि नै सिहंलाई ५० हजार आर्थिक सहयोग गरिसकेको छ। कलेजो र फोक्सोको क्यान्सरबाट पीडित सिंहको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या आएको छ। उनी अहिले भारतको राजधानी दिल्लीस्थित राजिब गान्धी अस्पतालमा उपचार गराइरहेका छन्।

अप्रेशन खर्चवापत करिब १५ लाख रुपैयाँ लाग्ने भएपछि उनले सहयोगको अपिल गरेका छन्। विगतमा भन्दा अहिले सिंहको स्वास्थ्यामा सुधार भएको उनको परिवारले जनाएको छ।

उनी डडेल्धुराबाट विभिन्न समयमा क्षेत्रीय क्रिकेट प्रतियोगिता खेलिसकेका क्रिकेटर हुन्। सहयोग गर्न चाहने व्यक्ति वा संस्थाहरुले केशव सिंहको ग्लोबल आइएमई बैंक डडेल्धुरा शाखामा रहेको खाता नम्बर १९०७०१०००२५६७ मा सहयोग रकम जम्मा गर्न सकिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.