|
फाइल फोटो

दाङ : जंगली च्याउ खाँदा दाङमा एकै घरपरिवारका ३ जना बिरामी परेका छन्। जिल्लाको घोराही उपमहानगरपालिका १७ भैसाही बस्ने ६८ वर्षीया दुर्गा रेग्मी, उनका छोरा ३१ वर्षीय जिवराज रेग्मी र उनकी छोरी २० वर्षीया संगीता रेग्मी बिरामी परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

आइतबार दिउँसो ३ बजेतिर जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरु विरामी परेका हुन्। बिरामीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य उपचारपछि थप उपचारका लागी कोहलपुर रिफर गरिएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार आमा छोरीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने छोरीको अवस्था सामान्य रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.