|
फाइल फोटो

रसुवा : चालु आर्थिक वर्ष २०७६/०७७ का लागि रसुवामा कामदारको ज्याला, ढुवानी एवम् निर्माण सामग्रीहरूको दररेट निर्धारण गरिएको छ। जिल्लाको दररेटमा एकरुपता ल्याउन सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४८ बमोजिम दररेट निर्धारण गरिएको हो।

जिल्लाको कालिका उत्तरगया नौकुण्ड गाउँपालिककाको साबिकको यार्सा बाहेकका डकर्मी, सिकर्मि, वज्रकर्मि, लोहाकर्मि, नकर्मि, प्लम्बर, वेल्डर, इलेक्ट्रिसियन चित्रकार आदि दक्ष कामदारका लागि प्रतिदिन १ हजार २५ रुपैयाँ कायम गरिएको छ। त्यस्तै, ज्यामीका लागि ७ सय २५ रुपैया, अर्धदक्ष कामदारका लागि ८ सय ७५ रुपैया कायम गरिएको छ।

गत वर्ष दक्ष कामदारका लागि ९ सय १० रुपैयाँ कायम गरिएको थियो भने ज्यामीका लागि ६ सय १० र अर्धदक्ष कामदारका लागि ७ सय ८५ रुपैया कायम गरिएको थियो।

त्यस्तै, धुन्चेभन्दा उत्तरी क्षेत्र साबिकको धुन्चे, यार्सा, स्याफ्रु, बृद्धिम, टिमुरे, थुमन, गोल्जुङ, चिलिमे, गतलाङ र हाकु गाविसका डकर्मी, सिकर्मी, बज्रकर्मी, लोहाकर्मी, नकर्मी, प्लम्बर, वेल्डर, इलेक्ट्रिसियन चित्रकार आदि दक्ष कामदारको १ हजार एक सय कायम गरिएको छ।

त्यस्तै, ज्यामीका लागि ८ सय  र अर्धदक्ष कामदारका लागि ८ सय ५० रुपैया कायम गरिएको छ। गत वर्ष दक्ष कामदारका लागि १ हजार १५ रुपैयाँ कायम गरिएको थियो भने ज्यामीको ७ सय ३५ र अर्धदक्ष कामदारको ७ सय ८५ रुपैयाँ कायम गरिएको थियो।

त्यस्तै, साविकको लाङटाङ गाविस र स्याफ्रु गाविसको गोसाईकुण्ड क्षेत्रका डकर्मी, सिकर्मी, बज्रकर्मी, लोहाकर्मी, नकर्मी, प्लम्बर, वेल्डर, इलेक्ट्रिसियन चित्रकार आदी दक्ष कामदारका लागि १ हजार ७ सय ७० रुपैयाँ कायम गरिएको छ। त्यस्तै, ज्यामीका लागि १ हजार ३ सय ४१ र अर्धदक्ष कामदारका लागि १ हजार ५ सय ४८ रुपैया कायम गरिएको छ। गत वर्ष दक्ष कामदारका लागि १ हजार ६ सय ८६ कायम गरिएको थियो भने ज्यामीको १ हजार २ सय ७७ र अर्धदक्ष कामदारका लागि १ हजार ५ सय ४८ रुपैयाँ कायम गरिएको थियो।

जिल्ला दररेट निर्धारण समितिका अनुसार गत वर्षको दररेटमा यो वर्ष ५ देखि करिब १५ प्रतिशत बढाई कामदारको ज्याला, ढुवानी एवं निर्माण सामग्रीहरूको दररेट निर्धारण गरिएको बताइएको छ।

जिल्लाको दररेटमा उल्लेख भएको निर्माण सामग्रीहरूबाहेक अन्य निर्माण सामग्रीको हकमा नुवाकोट तथा काठमाडौंको दररेटलाई आधार मानी ढुवानी भाडा जोडी मूल्य कायम गर्ने निर्णय गरिएको छ।

त्यस्तै, वर्षात अवधिमा काम गर्दा ज्याला तथा ढुवानीमा २० प्रतिशत र जटिल र जोखिमपूर्ण कार्य गराउदा बढीमा ५० प्रतिशत बढाउन सकिने निर्णय गरिएको छ। त्यस्तै विभिन्न कार्यालयका लागि जिप कार बढीमा ५ दिनका लागि सवारी इन्धन र जनशक्तिसहित प्रतिदिन ८ हजार भाडामा लिन सकिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.