राजनीति

बालुवाटार जग्गा प्रकरणमा अख्तियारलाई सहयोग गर्छु : गच्छदार

फाइल फोटो
साउन ५, २०७६

    काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटार जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको दावी गरेका छन्।

    तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको हैसियतमा सो जग्गा प्रकरणमा मुछिएको समाचार आइरहेका बेला गच्छदारले त्यसमा आफ्नो कुनै पनि संलग्नता नरहेको प्रतिक्रिया दिएका हुन्। आईतबार साँझ भारतबाट स्वदेश फर्किएका गच्छदारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ माधवकुमार नेपाल नेतृत्वको सरकारको पालामा आफूले बालुवाटारमा सडक फराकिलो बनाउनका लागि प्रस्ताव लगे पनि भूमिसम्बन्धी कूनै प्रस्ताव नलगेको पनि पटक–पटक दोहोर्‍याए।

    उपसभापति गच्छदारले आफू आँखाको उपचारका लागि अमेरिकाबाट सिँधै भारत फर्के पनि सो जग्गा प्रकरणको अभियोग छल्ने काम गरेको भन्दै विभिन्न समाचार माध्यमले समाचार दिएको उल्लेख गर्दै आपत्ति पनि जनाए। उनले सो प्रकरणबारे सोधपुछ गर्न चाहे आफूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि सहयोग गर्ने स्पष्ट पारे। अख्तियार संवैधानिक निकाय भएकाले त्यसले सोधपुछ गरे आफूले सहयोग गर्ने गच्छदारको भनाइ छ।

    माधव कुमार नेपाल नेतृत्वको सरकारको पालामा गच्छदार उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार मन्त्री थिए। मन्त्रीको हैसियतमा सो जग्गा प्रकरणमा मुछिएको र त्यसबारे सोधपुछ गर्न अख्तियारले तयारी गरेपछि गच्छदार त्यसलाई छल्न अमेरिका र भारत भ्रमणमा गएको समाचार आएको थियो। त्यसमा सत्यता नरहेको गच्छदारको दावी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]