|

काठमाडौं : राष्ट्रिय जनता पार्टी, नेपालको अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी राजकिशोर यादवले सम्हालेका छन्।

राजपाको साउन ४ र ५ मा जनकपुरमा बसेको बैठकले यादवलाई साउन ६ देखि संयोजकको जिम्मेवारी दिने निर्णय गरेको थियो। यसअघि अनिलकुमार झा संयोजक थिए।

राजपा यसअघि तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी, तराई मधेस सद्वावाना पार्टी, मधेसी जनाधिकार फोरम (गणतान्त्रिक) र राष्ट्रिय मधेस समाजवादी पार्टी एकीकृत भएरमिलेर गठन भएको हो। पार्टीको महाधिवेशन नभइन्जेलसम्म नेतृत्व आलोपालो प्रणालीमा हुँदै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.