|

सर्लाही : प्रदेश २ सरकारको ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमअन्तर्गत जिल्लाको एक विद्यालयका छात्रालाई एक–एक थान साइकल वितरण गरिएको छ। ईश्वरपुर नगरपालिका–६, बयलवासमा रहेको नारायण जनता माध्यमिक विद्यालयका कक्षा–८ मा अध्ययनरत १२७ जना छात्रालाई शनिबार साइकल वितरण गरिएको हो।

प्रतिनिधिसभा सदस्य प्रमोद साह र प्रदेशसभा सदस्य नीराकुमारी साहको आतिथ्यतामा छात्राहरुलाई साइकल वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगतनारायण श्रेष्ठले जानकारी दिए। अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मै बाँड्नुपर्ने भए पनि प्रदेश सरकारबाटै साइकल ढिलो गरी प्राप्त भएकाले आइतबार वितरण गरिएको विद्यालयले जनाएको छ।

ईश्वरपुर नगरपालिकाकै जनता माध्यमिक विद्यालय श्रीनगरको कक्षा आठमा अध्ययरत छात्रालाई पनि अघिल्लो आर्थिक वर्षको कार्यक्रमबाट साइकल वितरणको तयारी भइरहेको छ। यस वर्ष जिल्लाका थप विद्यालयका छात्रालाई साइकल वितरण गर्ने कार्यक्रम रहेको प्रदेशसभा सदस्य उपेन्द्र महतोले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.