|

आगामी २८ अगस्टबाट ८ सेप्टेम्बरसम्म हुने भनिएको एसीसी यू-१९ एसिया कप क्रिकेट एकसाता पछि सरेको छ। नेपाल सहभागि प्रतियोगितामा युवा उमेर समूहमा एसियाका टेष्ट राष्ट्रले प्रतिस्पर्धा गर्ने कार्यक्रम रहेको थियो।

श्रीलंकाले आयोजना गर्ने भनिएको प्रतियोगिता एसियन क्रिकेट काउन्सिल (एसीसी) ले नै एकसाता पछि सारेको जनाएको छ। प्रतियोगिताको नयाँ मिति पनि तय भएको छ। ३ सेप्टेम्बर देखि १५ सम्म हुने तय भएको छ। यद्धपि आधिकारीक रुपमा भने खेल तालिका सार्वजानिक गरिएको छैन। स्रोतका अनुसार एसीसीले बेलुका सम्ममा औपचारिक रुपमा खेल तालिका सार्वजानिक गर्ने छ।

प्रतियोगितामा नेपालसहित आयोजक श्रीलंका, साविकको विजेता भारत, बंगलादेश, अफगानिस्तान र पाकिस्तान रहेका छन्। यस्तै कुवेत र युएई पनि सहभागी हुँदै छन्। कुल ८ टिमको सहभागिता रहने छ। दुई साता अघि मलेसियामा सम्पन्न एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपाल च्याम्पियन बन्दै एसिया कपमा छनोट भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.