|

काठमाडौं : सिन्धुपाल्चोकका नेकपा नेता तथा प्रदेश ३ का मन्त्री अरुण नेपालले जिल्ला सहइन्चार्ज पद छाडे लगत्तै रुकम पश्चिमका सहइन्चार्ज शेरबहादुर केसीले पनि उक्त पदमा नबस्ने घोषणा गरेका छन्। 

सोमबार एक वक्तव्य निकाल्दै केसीले आफू पार्टीको केन्द्रीय सदस्यरुपमा मात्रै काम गर्ने बताउँदै सहइन्चार्जमा नरहने जानकारी पार्टी केन्द्रका दुई अध्यक्षलाई लिखित निवेदन दिँदै गरेका हुन्। 

नेता केसीले आफू एउटा जिल्लामा एकजना मात्रै इन्चार्ज, सहइन्चार्जको पक्षमा रहेको बताएका छन्। यसो भएमा जिल्ला पार्टीको व्यवस्थापन पनि राम्रो हुने बताएका छन्। 

यसअघि सिन्धुपाल्चोकमा सहइन्चार्ज तोकिएका अरुण नेपालले आफूलाई सहइन्चार्जमा राखेर पार्टीले अवमूल्यन गरेको भन्दै उक्त पदमा नबस्ने घोषणा गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.