|

जनकपुरधाम : नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले आवश्यक परे हतियार उठाउने चेतावनी दिएका छन्।

जनकपुरमा साेमबार पत्रकार सम्मेलन गरी महासचिव किरणले भने, ‘जनसंघर्षको तयारी सुरु गरेका छौं। तर आवश्यक परे हतियार पनि उठाउन सक्छौं।’ उनले १० वर्ष जनयुद्ध, मधेस विद्रोह र अन्य आन्दोलन गरे पनि जनताको आकांक्षा बमोजिम संविधान नबनेको जिकिर गरे।

मधेसवादी दलहरू पनि मधेस मुक्तिको सवाल उठाए तर अहिले सरकारमा गएकोमा आक्रोस व्यक्त गरे। उनले वर्गीय, लैंगिक र मधेस मुक्तिको मुद्दा बोकेर जनसंघर्ष गर्ने तयारीमा लागेको स्पष्ट पारे। अहिले सरकारको नेतृत्व गर्नेहरु कम्युनिष्ट नभएको पनि बताए। उनले सरकार यथास्थितिबादी हिसावले अगाडि बढेको र जनताको पक्षमा नरहेको आरोप लगाए।

महासचिव किरणले विप्लव नेतृत्वको नेकपालाई सरकारलाई प्रतिबन्ध लगाएर सरकार गल्ती गरेको पनि बताए। उनले विप्लव समूह आफ्नै पार्टीबाट निस्केर गएको भन्दै सरकारले राजनीतिक ढंगले समस्या समाधान गर्नुपर्ने बताए। ‘विप्लव र सरकारको दुवैको कुरा अस्पष्ट भएको छ’ उनले भने, ‘विप्लवले जनसंघर्ष गर्ने कि सशस्त्र संघर्ष भन्नेमा स्पष्ट छैन। सरकारले पनि कसरी हल निकाल्ने विकासमा स्पष्ट छैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.