चितवन : पौडी खेल्ने क्रममा डुवेर चितवनमा एक जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका १४ राधापुरका २८ वर्षीय उमेश दराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ।
उनी राधापुरमा रहेको नहरमा सोमवार दिउसो पौडी खेल्ने क्रममा डुवेका थिए। ईलाका प्रहरी कार्यालय गीतानगरबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएकोे ५ जनाको टोलीले दराईलाई मृत अवस्थामा नहरबाट बाहिर निकालेको थियो। घट्नास्थल इप्रकाबाट २ किलोमिटर पश्चिमतर्फ रहेको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।