|

बोस्टन : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टी, पुरस्कार समितिले अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार २०१९ बाट पुरस्कृत कृतिको आइतबार घोषणा गरेको छ।

संस्थाका अनुसार 'अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार' यसपटक 'रोबोटका आँखाहरू' (कथासङ्ग्रह) ले पाएको छ। यसका कथाकार नरेन्द्रराज पौडेल हुन्। 'अनेसास सर्वोत्कृष्ट डायस्पोरा पुस्तक पुरस्कार' भने 'छाप्रो नं. ५५' (उपन्यास) पाएको छ। यसका उपन्यासकार रमेश दियाली हुन्।

'अनेसास सर्वोत्कृष्ट कविता/काव्य पुरस्कार' कवयित्री कुन्ता शर्मा को 'मेरो मान्छे' (कवितासङ्ग्रह) ले, 'अनेसास सर्वोत्कृष्ट कथा पुरस्कार' कथाकार युवराज मैनालीको 'पृथक बाटो' (लघुकथासङ्ग्रह) ले, 'अनेसास सर्वोत्कृष्ट उपन्यास पुरस्कार' उपन्यासकार तीर्थ गुरुङको 'पाठशाला' (उपन्यास), 'अनेसास सर्वोत्कृष्ट निबन्ध/

नियात्रा/संस्मरण पुरस्कार' निबन्धकार घनश्याम राजकर्णिकारको 'यात्राको छहारीमा हिउँफूलकी रानी' (संस्मरण निबन्ध), 'अनेसास सर्वोत्कृष्ट गीत/गजल/हाइकू/मुक्तक पुरस्कार' गजलकार नमिता बरालको 'आँगन' (गजलसङ्ग्रह) ले र 'अनेसास सर्वोत्कृष्ट संस्कृति/दर्शन/समालोचना पुरस्कार' लेखक तेजबहादुर कार्कीको 'मस्टो संस्कृति' (संस्कृति/अनुसन्धान) ले पाएका छन्।

यी पुरस्कार भानु जयन्तीमा घोषणा गरेर लक्ष्मी जयन्तीमा प्रदान गरिन्छ। 'अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार' को पुरस्कार राशी १५०० सय डलरबाट बढाएर २ हजार पारिएको छ।

'अनेसास सर्वोत्कृष्ट डायस्पोरा पुस्तक पुरस्कार' को राशी १ हजार १ सय डलर, 'अनेसास सर्वोत्कृष्ट कविता/काव्य पुरस्कार' को राशी १ हजार छ। अरू सबै विधामा ५ सय डलरका दरले पुरस्कार प्रदान गरिन्छ। सन् २०१७ जनवरी १ देखि सन् २०१८ डिसेम्बर ३१ मा प्रकाशित १३६ पुस्तक दर्ता भएकोमा १४ मूल्याङ्कनका लागि अयोग्य ठानिएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.