हालसम्म ६ करोड पनि संकलन भएन

|

चितवन : केही समयअघिबाट रोकिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला मंगलवारबाट पुनः सुरु हुने भएको छ। चितवनको भरतपुरमा सोमवार भएको सरोकारवाला पक्षसँगको छलफलका क्रममा मंगलबारबाट निर्माण सुरु गर्ने धुर्मुस–सुन्तली फाउण्डेसनले जनाएको हो । 

फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस लगायतका टिम चितवन फर्किएका छन् । चितवनमा बनेको जिल्लास्तरीय रंगशाला निर्माण सहयोग समिति र पत्रकारहरुसँग उनीहरुले छलफल गरेका छन् । 

छलफलका क्रममा फाउण्डेसनका अध्यक्ष धुर्मुसले हिजो जे जस्तो भए पनि त्यसलाई बिर्सिएर निर्माण थाल्ने बताए । हिजोका कमजोरीलाइ बिसिर्सएर अघि बढ्नुपर्नेमा जोड दिँदै अध्यक्ष धुर्मुसले आगामी दिनमा त्यस्ता घट्ना नदोहोर्‍याउने प्रतिवद्धता सबैले जनाउनुपर्ने बताए । 

तीन अर्ब रकम नउठ्दा निर्माण प्रभावित हुने सम्भावना नरहेको दावी उनले गरेका छन । ‘निर्माणका विभिन्न चरण छन्। ती चरण अनुसार सहयोग संकलन पनि चरणबद्ध रुपमा हुनेभएकाले समस्या हुँदैन’ उनले भने। 

अहिलेसम्म साढे ६ करोडको प्रतिवद्धता आए पनि सवै रकम आइनसकेको धुर्मुसले बताए । छलफलका क्रममा सरोकारवाला पक्षले घोषणा गरिएको रकम चाँडै फाउण्डेसनलाई हस्तान्तरण गर्ने प्रतिवद्धता पनि जनाएका थिए। 

डिपीआरको कामसँगै मंगलवारबाट यसअघि रोपिएको दुबो गोडमेल, भत्काइएको बार पुनः लगाउने र जिल्लाका विभिन्न स्थानमा घरदैलो कार्यक्रमलाई पनि अगाडि बढाउने जानकारी उनले दिए। 

भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणधीन अवस्थामा रहेको रंगशालाको शान्तिचोकतर्फको केही जस्तापातासहितको तारबाट जेठ १५ गते असन्तुष्ट स्थानीयले भत्काएपछि असुरक्षाको कारण देखाउँदै फाउण्डेसनले निर्माण रोकेको थियो। 

जिल्लामा बनेको सहयोग समिति लगायत सरोकारवाला पक्षले पटक पटक निर्माण थाल्न आग्रह गरेपछि फाउण्डेसन चिवतन फर्किएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.