अर्थ

विदेशमन्त्रीको उपस्थितिमा नेपाल र जर्जिया चेम्बरअफ कमर्श बीच समझदारी
SHARES

साउन ६, २०७६

    व्यापार विस्तार तथा लगानी प्रवर्द्धनका विषयमा नेपाल चेम्बर अफ कमर्श र जर्जिया चेम्बर अफ कमर्शबीच द्धिपक्षीय समझदारी भएको छ। जर्जियाका विदेशमन्त्री एलेक्सन्डर ख्भटीसियस्भिलीको उपस्थितिमा सोमबार काठमाडौंमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र जर्जिया चेम्बर अफ कमर्शका अध्यक्ष गियोर्गी पेरटियाबीच द्धिपक्षीय व्यापार विस्तार र लगानी प्रर्वद्धनका विषयमा समझदारी गरिएको हो।

    दुई देशका उद्यमी व्यवशायी बिचमा प्रचलित कानुन र नियमको ढाँचाभित्र रहि द्धिपक्षीय व्यापार सम्बन्धको विस्तार गरि नयाँ व्यवसायिक अवसरहरुले सम्भावना पहिचान गर्ने पनि समझदारी पत्रमा उल्लेख गरिएको छ।

    त्यसैगरी दुई चेम्बरबीच आर्थिक सम्बन्ध सुदृढ गरि व्यापारिक सम्बन्ध सुमधुर, व्यापारिक औद्योगिक विकास, बैदेशिक लगानी र व्यापार मेला तथा प्रर्दशनीमा सहभागि हुने पनि सो समझदारी पत्रमा समावेश गरिएको छ।

    कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले व्यापार र पर्यटन विकासका लागि जलविद्युत, सूचना प्रविधी, कृषि, स्वास्थ्य र खेलकुद क्षेत्रमा लाग्नुपर्ने बताए। उनले आवश्यक ऐन, कानुनको व्यवस्था भएको उल्लेख गर्दै नेपालमा लगानी गर्न पनि जर्जियाका उद्योगीहरुलाई आग्रह गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]