स्वास्थ्य

अनुमतिपत्रको म्याद सकिएपछि अस्पतालको सेवा बन्द

साउन ६, २०७६

    तनहुँ : जिल्ला प्रशासन कार्यालय तनहुँले दमौली बजारमा सञ्चालित ने–कोर्यो अस्पताल बन्द भएको छ। अस्पतालमा कार्यरत चार चिकित्सकको अनुमतिपत्रको म्याद सकिएकाले प्रशासन कार्यालयले अनुमतिपत्र नवीकरण नभएसम्मका लागि उक्त अस्पताल कार्यरत चिकित्सकलाई काम नगर्न निर्देशन दिएको हो।

    अस्पतालमा कार्यरत चार विदेशी चिकित्सककोे नेपाल मेडिकल काउन्सिलबाट जारी अनुमतिपत्रको म्याद सकिएकाले उनीहरूलाई सेवा बन्द गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए।

    उनले भने,' ‘चिकित्सा क्षेत्रमा काम गर्दा बिरामीको मृत्यु समेत हुन सक्छ। इजाजत बिनाका चिकित्सकलाई सेवामा लगाउँदा विभिन्न समस्या आउन सक्छ। नेपाल मेडिकल काउन्सिलबाट चिकित्सकका लागि जारी भएको अनुमतिपत्रको म्याद सकिएको डेढ महिना भइसकेको रहेछ। अनुमतिपत्र नआउँदासम्म सेवा बन्द गर्न निर्देशन दिएका हौँ।’

    विसं २०६८ देखि दमौलीमा सञ्चालनमा रहेको उक्त अस्पतालमा हाल चार चिकित्सक कार्यरत छन्। अस्पताल प्रशासनले भने मेडिकल काउन्सिलबाट ती चिकित्सकको अनुमतिपत्र नवीकरण हुने प्रक्रियामा रहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]