|

बाग्लुङ : पहिरोले घर पुरिँदा गलकोट नगरपालिका–८ ज्यामिरेकी १७ वर्षीया सीता गौतमको मृत्यु भएको छ। पहिरोले स्थानीय पिताम्बर गौतमको घर र गोठ मंगलवार बिहान करिब साढे ५ बजेको पुरेको हो।

पहिरोले घर नजिकैको गोठमा काम गरिरहेकी गौतमलाई गोठसँगै पुरेको स्थानीय पूर्णबहादुर बिकले जानकारी दिए। परिवारका अन्य सदस्य भने घरमा रहेकाले सुरक्षित रहेको उनले बताए। 

गोठबाट करिब २० मिटरमाथिबाट झरेको पहिरोले गोठमा रहेको एउटा भैसी, एउटा पाडो र दुई वटा बाख्रा पुरिएका छन्। घटनास्थलमा प्रहरी, जनप्रतिनिधिहरु पुगिसेको स्थानीय ढालेन्द्रप्रसाद गौतमले बताए। गौतम शिव माध्यमिक विद्यालय राजबगरमा कक्षा १२ मा अध्ययनरत थिइन्। 

पहिरोमा पुरिएकी गौतमकोे करिब एक घण्टापछि शव निकालिएको थियो। पहिरो पन्छाउन स्थानीयवासी खटिएका छन्। 

गल्कोट क्षेत्रमा सोमबार रातिदेखि निरन्तर वर्षा भैरहेको छ। भारी वर्षाका कारण गल्कोटका विभिन्न कच्ची सडक छेउछाउ र खेत तथा बारीका कान्लाहरुमा स–साना पहिरोहरु झरिरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.