|

जुम्ला :  प्रतिनिधिसभाका  सांसद तथा  नेकपाका जुम्ला जिल्ला इन्चार्ज  गजेन्द्रबहादुर महत  जुम्लाको ग्रामीण बस्ती बस्तीमा पुगेका छन्। त्यहाँका नागरिकका समस्या  बुझ्न र गुनासा  सुन्न  उनी गाउँबस्तीमा पुगेका हुन्।

सांसद  महत भन्छन, ‘देश संघीयतामा गएसँगै आफ्नो गाउँको समृद्धिका लागि नेकपा आवश्यक भएको छ।’ उनका  अनुसार  प्राकृतिक हिसावले धनी र भौगोलिक हिसाबले  पछाडि परेको साबिकको पटमारा गाविसको विकासका लागि नेपाल कम्युनिष्ट पार्टी आवश्यक छ। 

त्यस्तै नेकपाका कर्णाली प्रदेश कमिटीका सदस्य पुर्णप्रसाद धितालले विकासका विरोधीहरुले कम्युनिस्टको सरकारले गरेको कर्यप्रतिको भ्रम फैलाइएको दाबी गरे। उनले भने, ‘कसैले आरोप लगाउँदैमा  नेकपाको सरकार नागरिकको विकास र मुलुकको समृद्धिका लागि पछि हट्दैन।’

त्यस्तै नेकपाका कर्णाली प्रदेश कमिटी सदस्य धीरेन्द्रराज गिरीले नेकपाको सरकार नागरिककै विकास र समुद्धिका लागि आएको सरकार भएको उल्लेख गर्दै नेकपाको सिद्धान्त ,ब्यक्तिमुखी नभएर नागरिकमुखी  भएको जिकिर गरे।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.