|
गृहमन्त्रालयमा आयोजित पत्रकारसँगको अन्तरक्रियामा गृहका अधिकारी

काठमाडौं : सरकारले देशमा भयरहित वातारण बनिसकेको दावी गरेको छ । गृहमन्त्री रामबहादुर थापाले मंगलबार  बिहान आर्थिक वर्ष २०७५/०७६ को कार्यसम्पादन प्रगतिविवरण सार्वजानिक गर्दै यस्तो दावी गरेका हुन्। 

गृहमन्त्री थापाले सार्वजनिक गरेको प्रतिवेदनमा विध्वंसात्मक गतिविधि न्यूनीकरण भएर भयरहित वातावरण बनेको बता उल्लेख गरिएको छ। ‘विखण्डनकारी गतिविधि नियन्त्रणमा आएका छन्। मधेस छुट्टयाउनेहरू राजनीतिको मूलधारमा आएका छन्,’ गृहमन्त्री थापाले दावी गरेका छन्। सबै

मन्त्री थापले सुन तस्करीको सञ्जाल तोडिएको पनि बताएका छन्। समुदाय प्रहरी योजनाले शान्ति सुरक्षा कायम भएको उनको भनाइ छ । गृहमन्त्री थापाले फरार रहेका १ हजार १ सय ४ जना अपराधी पक्राउ गरिएको बताए । 

विगत एक वर्षमा ६ सय ७८ अवैध हतियार बरामद भएका बताउँदै साइबर अपराधको छुट्टै ब्यूरो तयार भएको उनले जानकारी दिए। यातायात सिन्डिकेट अन्त्य भएको दाबी गृहले गरेको छ। सार्वजनिक एवं सरकारी जमिन अतिक्रमण रोकिएका पनि प्रतिवेदनमा उल्लेख छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.