|

काठमाडौं : कञ्चनपुरकी किशोरी निर्मल पन्तको बलात्कारपछि हत्या प्रकरणमा आलोचित हुँदै आएका गृहमन्त्री रामबहादुर थापा बादलले फेरि एक पटक विवादास्पद अभिव्यक्ति दिएका छन्। 

निर्मला प्रकरणमाथिको अनुसन्धान निरन्तर चलिरहेको जवाफ मन्त्री थापाले दिएका छन्। आर्थिक वर्ष २०७५/०७६ मा गृहमन्त्रालयमा प्रगतिविवरण सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले निर्मला प्रकरण नौलो नभएको पनि बताए।

'यो जघन्य अपराध थियो। तर यो घटना नयाँ र नौलो भने होइन। हिजो पनि भएको थियो, आज पनि भइरहेको छ र भोलि पनि केही हदसम्म रहन्छ', उनले भने,'यस्ता घटनालाई पूर्णरूपमा नियन्त्रण गर्न सक्दैनौं।'

गृहमन्त्री थापाले अहिलेसम्म अपराधी पत्ता लाग्न नसकेको अवस्थामा यो प्रकरणलाई राजनीतिकरण गर्नु दु:खद भएको टिप्पणी गरे। 'गृहमन्त्रालयले अपराधीलाई जोगाएको भनेर राजनीति गर्नु दु:खद हो', उनले भने, 'यो प्रकरणबारे संसदमा पनि कुरा उठेको छ। यसमा राजनीतिकरण भन्दा सबै मिलेर अपराधी खौजौँ।'  

हत्या र बलात्कारका अपराधीलाई कानुनी कठघरामा ल्याउन प्रहरी र गृहमन्त्रालय सफल रहेको पनि उनले वाी गरे। 'हिजोको सरकारको पालामा भएका घटना थिए, हिजो पनि ल्याउन सकिएन र आज पनि गाह्रो छ', उनले भने, '१३ वर्षपछि पनि अपराधी कानुनको कठघरामा ल्याएका छौँ। अमेरिकामा पनि यस्ता अपराधीलाई कानुनको कठघरामा ल्याउन सकेका छैनन्।'

निर्मलाका अपराधीलाई कानुनको कठघरामा ल्याउन सरकार कटिबद्ध रहेको उनले बताए। 'त्यो प्रकरणमा विभिन्‍न आयोगले दिएका प्रतिवेदन कार्यान्वयनमा गएका छन्', उनले भने।

फरक प्रसंगमा बोल्दै उनले सिन्डिकेट र सुन तस्करी आर्थिक अपराध नियन्त्रण गर्नेमा सरकार लागेको बताए। 'यसमा हामी सक्षम रहेका छौँ। सुन तस्करीको संजाल तोडिएको छ। योभन्दा पहिलेजस्तो थोक थोकमा तस्करी हुँदैन', उनले भने, 'सीमामा हुने तस्करी रोकेर राजश्वमा गुणात्मक वृद्धि भएको छ। अध्यागमनबाट सुन तस्करी र मानव तस्करी कम भएको छ।' 

गृहमनत्री थापाले विदेशमा मानव तस्करी कम भएको पनि उनले जिकिर गरे। 'मदिरा नियन्त्रण निर्देशिका मन्त्रिपरिषद्‍बाट पारित गर्ने क्रममा छौ।  काम नगर्ने ठेकेदारलाई नियन्त्रण गर्ने काम भएको छ', उनले भने, 'यो आर्थिक अपराधका रूपमा गइरहेको छ।अहिले १८ सय ठेकेदारको नाम अख्तियारमा गएको छ। उसले पनि काम गरिरहेको छ।' 

गृहमन्त्री थापाले अब ४-४ महिनामा प्रधानमन्त्रीलाई गृहमन्त्रालयको प्रगति समीक्षा बुझाउने जानकारी पनि गृहमन्त्री थापाले दिएका छन्। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.