पारसबिनै मैदानमा उत्रने सम्भावना

|

काठमाडौं : सिंगापुरमा जारी आइसिसी ट्वान्टी–२० विश्वकप छनोट एसियाली फाइनलको दोश्रो खेलमा मलेसियासँग दबाबका बीच उत्रनेछ। पहिलो खेलमा तुलनात्मक कमजोर कतारसँग ४ विकेटले हारेको नेपालका लागि विश्वकपको छनोटमा सम्भावना कायम राख्न दोश्रो खेलमा जीत अनिवार्य देखिन्छ।

वरीयताक्रममा मलेसियाभन्दा नेपाल बलियो टोली हो। तर, वरीयताक्रमले नतिजालाई असर नपार्ने कतारविरुद्धको खेलले देखाइसकेको छ। कुवेतलाई ४२ रनले हराउँदै मलेसिया समूहको दोश्रो स्थानमा रहँदा नेपाल अन्तिम स्थानमा रहेको छ। वर्षाले प्रभावित खेलमा कुवेतसँग अंक बाँड्दै घरेलु टोली २ खेलबाट ३ अंकको साथ शीर्ष स्थानमा छ। कतारले १ जीत र १ हार बेहोर्दै २ अंकसहित तेश्रो स्थानमा रहेको छ।

विश्वकप ग्लोबल छनोटमा सहभागी हुन बाँकी खेलमा नेपाललाई स्पष्ट जितको आवश्यक पर्छ। अन्य कुनै एउटा टिमले पनि ३ खेलमा जीत हात पारे नेट रनरेटको आधारमा उत्कृष्ट टिम चयन हुनसक्ने छ। जसका कारण नेपालले रनरेट बलिया बनाउनुपर्ने हुन्छ। अहिलेको अवस्थामा नेपालको रनरेट (–०.३१४) रहेको छ। मलेसियाविरुद्ध पराजय भएको खण्डमा नेपालको समूह विजेता हुने सपनामा धक्का पुग्नेछ।

छोटो बाउन्ड्रीमा मलेसियाविरुद्ध नेपाली बलर दबाबमा

नेपाल र मलेसियाबीच यसअघि पनि २ वटा ट्वान्टी–२० म्याच प्रतिस्पर्धा भइसकेको छ। विश्वकप छनोट पूर्व भएको खेलमा नेपालले २ वटै खेल जिते पनि संर्घषपूर्ण रह्यो। पहिलो खेलमा १२८ रनको सामान्य योगफल पछ्याउन नेपालले १८.३ ओभरसम्म खेल्नुपरेको थियो। जुन खेलमा ७ विकेटले जित नेपालको पक्षमा थियो। दोश्रो खेलमा नेपालले दिएको १७३ रनको विशाल लक्ष्यका लागि मलेसिया ६ रनले मात्र चुकेको थियो।

छनोट प्रतियोगिताको तयारीको रूपमा मलेसियासँगको दुई टवान्टी–२० आइ सिरिज 'क्लिन स्विप' गरे पनि नेपालले आफ्नो स्तरअनुसार प्रर्दशन गर्न नसकेको स्वयं कप्तान पारस खडकाले स्वीकार गरेका छन्। सरिजमा समेत नेपाली बलरहरूको लागि घातक सावित बनेका मलेसियन व्याट्समेनहरूले सिंगापुरको छोटो बाउन्ड्रीमा चुनौती थप्ने सम्भावनासमेत प्रवल देखिन्छ।

कतारविरुद्ध ६ जना बलरसहित मैदान उत्रिएको नेपाली टोलीले मलेसियाविरुद्ध पवन सराफ र रोहित पौडेलमध्ये एक जनालाई मैदान उतार्नेछ। मलेसियासँग नेपालले हालसम्म ६ वटा ट्वान्टी–२० खेलेकोको जसमा ५ जित आफ्नो पक्षमा पारेको छ। आइसिसीले नेपाल र मलेसियाबीचको २ खेललाई मात्र अन्तर्राष्ट्रिय मान्यता दिएको छ।

पारसबिनै मैदानमा उत्रने सम्भावना

मलेसियाविरुद्धको खेलमा सम्भवत कप्तान पारस खडका मैदान देखिने छैन। कतारविरुद्धको खेलमा ढाडको समस्या बल्झिएपछि पहिलो इनिङमा व्याटिङ गर्दै रेष्ट गरेका थिए। उनको स्थानमा दोश्रो इनिङमा पवन सर्राफले फिल्डिङ गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.