|

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले प्यान, बैंक खातामार्फत तलब भुक्तानी, मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस) मा देखिएका समस्या कार्यदलमार्फत सम्बोधन गरिने बताएका छन्। 

नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीसँग अर्थमन्त्रालयमा आयोजित अन्तरक्रियामा बोल्दै उनले अहिलेका प्रावधानहरु एकै पटक आएकाले समस्या जस्तो देखिएको भन्दै अर्थमन्त्री खतिवडाले यी प्रावधानहरु लागू गर्न मन्त्रालयले परीक्षण तथा प्रवर्द्धनको समय राखेको बताए । 

यसका लागि समय थप गर्न मन्त्रालय सकारात्मक समेत रहेको भनाई राख्दै अर्थमन्त्री खतिवडाले प्यान दर्ता गरी बैंक मार्फत तलब भुक्तानी गर्ने व्यवस्था र मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस) स्थगित गरेर तीन महिनाका लागि पुरानै व्यवस्थामा काम गर्न सकिने बताए ।

नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउँदै आएका साना तथा घरेलु उद्योगहरुको प्रवर्द्धनमा सरकार लागेको भन्दै उनले यस्ता उद्योगहरुको उत्पादन लागत घटाउन प्रविधि सहयोग गर्न सरकार सहकार्य गर्न तयार रहेको बताए ।

तत्काल प्यान दर्ता गरी बैंकमार्फत तलब भुक्तानी गर्ने व्यवस्था लागु गर्ने अवस्था नरहेको भन्दै थप समय उपलब्ध गराउन महासंघको आग्रहलाई सम्बोधन गर्दै उनले प्यान, मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस)लगायतका नियमहरु केही समयका लागि रोकेर कार्यदलमार्फत् सम्बोधन गरिने बताएका हुन्। 

महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले तत्काल प्यान दर्ता गरी बैंकमार्फत तलब भुक्तानी गर्ने व्यवस्था लागु गर्ने अवस्था नरहेको भन्दै थप समय उपलब्ध गराउन आग्रह गरेका थिए। 

आर्थिक वर्ष २०७६/७७ देखि निजीक्षेत्रमा काम गर्ने सवै कर्मचारी र मजदुरलाईसमेत अनिवार्य प्यान दर्ता गरी बैंकमार्फत तलव भुक्तानी गर्ने व्यवस्था लघु, घरेलु तथा साना उद्योगमा तत्काल लागू गर्ने अवस्था तत्काल नरहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.