|

काठमाडौं : गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालय अगाडि एकजनाको ज्यान जाने गरी भएको घटनामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको उपत्यका इन्चार्ज माइला लामालाई नख्खु जेलमा चलान गरिएको छ।

कर्तब्य ज्यान र विस्फोटनसम्बन्धी मुद्दामा जिल्ला अदालत ललितपुरको आदेशमा लामालाई मंगलबार विप्लवका स्थायी समिति सदस्य हेमन्तप्रकाश वलीलाई थुनेकै नख्खु जेलमा चलान गरिएको हो । 

ललितपुर प्रहरी प्रमुख रवीन्द्र धानुकले लामाविरुद्ध परेका मुद्दामा आवश्यक सुनुवाइपछि उनलाई अदालतको आदेशमा जेल पठाइएको हो । 

मनुले भनिन् : पुष्पगुच्छा चढाउन पाऊँ 

कुनै बेलाका सहयोद्धा रामबहादुर थापा बादल गृहमन्त्री बनेको समयमा ज्यान मारेको अभियोगमा माइला लामा जेल चलान भएपछि उनकी पत्नी मनु तामाङले मंगलबार राति भावुक स्टाटस लेखिन्। उनले फेसबुकका पोस्ट गरेको उक्त स्टाटस करिब १० मिनेटको अन्तरमा डिलिट पनि गरियो। 

तर उनले लेखेको २ लाइनको स्टाटसले माइला लामा र बादलबीचको जनयुद्धको समयको सामिप्यतालाई झल्काएको छ । मनुले गृहमन्त्रीलाई बादल दाइ भन्दै फेसबुकमा आफ्नो भावना पोखेकी हुन्। 

बादल गृहमन्त्री भएपछि बधाई दिन जाँदाको तस्बिर राखेर लेखिएको स्टाटसले हिजोका सहयोद्धाहरु आज विभाजित भएको झल्को दिएको छ । उनले आक्रोशमिश्रित शब्दमा बादलप्रति भावनात्मक प्रहार गरेकी हुन्।

'बादल दाइ! यदि हजुरको भन्दा मेरो पछि लास परेँ भने पक्कै पुष्प गुच्छा लिएर आउनेछु', उनले लेखेकी थिइन्, 'हजुरको कार्यकाल सफल होस्!

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.