|

मनाङ : विश्वको सर्वाधिक अग्लो स्थानमा अर्को नयाँ ताल भेटिएकोछ। यसको नाम केजिन सारा लेक दिइएको छ। मनाङ जिल्लाको सदरमुकाम चामे गाउँपालिकामा पर्ने यस ताल गुगलमा समेत राखिएको छ। लमजुङ हिमालको बेसक्याममा अवस्थित यस ताल समुन्द्री सतहबाट ५ हजार २ मिटर उचाइमा रहेको छ। यस तालले १ वर्ग किलोमिटर क्षेत्रफल ओगेटेको देखिन्छ।

आन्तरिक भ्रमण वर्ष २०२० लाई चामे गाउँपालिकाले पर्यटकीय प्रकृतिक संरक्षण अभियन लिएर प्राकृतिक स्रोतहरूको खोज अनुसन्धन गर्दै गर्दा यो ताल भेटिएको हो। गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार पहिले नै यो ताल भेटिए पनि कति उचाइमा रहेको छ र कति क्षेत्रफल ओगटेको छ भन्ने थाहा थिएन।

साउन ५ गते गाउँपालिका, जिल्ला प्रशासन र अन्नपूर्ण संरक्षण क्षेत्र मनाङको सहयोगमा मापन गरिएपछि यसले आधिकारिक्ता पाएको अध्यक्ष घलेले बताए। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र अन्नपूर्ण संरक्षण क्षेत्र र गाउँपालिकाको संयुक्त टोली यस ठाउँमा पुगी अनुसन्धन गरेको सशस्त्र प्रहरी बलका डिएसपी निलकमल आचार्यले बताए। उनका अनुसार यस ठाउँमा जानका लागि करिब दुई दिन लाग्ने छ। भर्खर मात्र यो ताल भेटिएकाले बस्ने खानेको व्यवस्थापनमा कठिनाइ रहेको उनले बताए।

मनाङ जिल्लामा ४ हजारभन्दा माथि थुप्रै तालहरू हुन सक्ने अनुमान गरिएको छ। अहिलेसम्मकै अग्लो स्थानमा रहेको ताल तिलिचो हो। मनाङ जिल्लाकै अन्नपूर्ण क्षेत्रभित्र पर्ने यो ताल समुद्र सतहदेखि ४९१९ मिटर उचाइमा रहेको छ।


फोटोमा अनुसन्धान गर्न गएको टोली।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.